Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

२० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

२० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्दै राष्ट्र बैंक, आजै बोलकबोल


  • 4.0K
    Shares

    २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
    images

    नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भोलि मंगलबार सार्वजनिक गर्ने ट्रेजरी बिलको अपराहन्न ३ बजे खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गर्ने भएको हो ।

    इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो अवधिभित्र आवेदन दिइसक्नुपर्नेछ । तीन खालको बिल विक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३६५ दिनका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ ।

    खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बिलको खरिद–विक्री गरिने भनिएपनि कुल बिल रकमको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने बिना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १२:२०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij