Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ७१ हजार बढि

जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ७१ हजार बढि


  • 5.2K
    Shares

    जापानमा नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ७१ हजार बढि
    images

    जापानले नेपाली कामदारको माग गरेको छ । जापानको विभिन्न सहरमा रहेको विभिन्न कम्पनीले ८५ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब एक लाख ३१ हजार माथिदेखि एक लाख ७१ हजार बढि पाउनेछन् । खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले oxon international pvt. ltd. को कार्यालयमा जेठ १ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    साथै जापानिज भाषामा एन फोर लेबल पास गरेको हुनुपर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार  आफैले बेहोर्नु पर्ने छ ।  

    हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - ११:१३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij