Logo

२०७९ जेठ ८ गते आइतवार

images

राष्ट्र बैंकले गर्‍यो किसान लघुवित्तको बोनस शेयर कटौती

राष्ट्र बैंकले गर्‍यो किसान लघुवित्तको बोनस शेयर कटौती

खबर सेन्टर

२५ बैशाख २०७९
  • 575
    SHARES
  • images
    images
    राष्ट्र बैंकले गर्‍यो किसान लघुवित्तको बोनस शेयर कटौती
    images

    नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयरमा कटौती गरेको छ। राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस शेयरमा कटौती गरेको हो।

    images
    images
    images

    यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो। सोहीअनुसार संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो। 

    राष्ट्र बैंकले भने स्वीकृति पत्र पठाउँदै चुक्तापुँजीको २० प्रतिशतले हुने रकम ७ करोड ८५ लाख ६१ हजार ७५५.०५ रुपैयाँबराबरको बोनस शेयर ऐन तथा नियमावली र अन्य प्रचलित कानुनी व्यवस्थासमेत पालना गर्ने गरी संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरेको छ। 
     

    images
    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - १३:१३:१६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार