Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 3.5K
    Shares

    • images
    बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ ।

    आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

    गत साताकै बिहीबार ९८ हजार ६०० रुपैयाँ कारोबार मूल्य थियो । जुन, शुक्रबार ६०० रुपैयाँ घटेको थियो भने आज आइतबार सोही मूल्यले उकालो लागेको हो । यसैगरी, आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ ।

    यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १२ सय ८० रुपैयाँ कायम थियो ।
     

    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - ११:३४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij