२०८२ भाद्र १० गते मंगलवार
इन्डोनेसियामा भयंकर ज्वालामुखी विस्फोट भएको छ । शक्तिशाली भूकम्प गएको एक दिनपछि जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी विस्फोट भएको हो ।
स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटका कारण धुवाँको मुस्लोसहित ५ किलोमिटर परसम्म खरानी तथा लाभा छरिएका छन् । जाभा, इन्डोनेसियाको सबैभन्दा घनाबस्ती भएको टापु हो ।
ज्वालामुखी विस्फोटमा के कति मृत्यु वा घाइते भए भन्नेबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन । विस्फोटपछि इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुम आसपासका बासिन्दालाई सतर्क रहन भन्दै चेतावनी जारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij