२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ ।
सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन् । यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij