Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.6K
    Shares

    • images
    घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडाैं । आइतबारयता लगातार घटिरहेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।

    बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो  । मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।

    बुधबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबारको लागि ९७ हजार पाँच सय रूपैयाँ तोकिएको छ । बुधबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज २० रूपैयाँ घटेको छ ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - ११:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij