Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

संवैधानिक इजलासमै न्यायाधीश थप्न दिएको सुझाब नसुन्दै प्रधानन्यायाधिश यसरी कड्किए 

संवैधानिक इजलासमै न्यायाधीश थप्न दिएको सुझाब नसुन्दै प्रधानन्यायाधिश यसरी कड्किए 


  • 7.9K
    Shares

    संवैधानिक इजलासमै न्यायाधीश थप्न दिएको सुझाब नसुन्दै प्रधानन्यायाधिश यसरी कड्किए 

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई राय दिन गठित एमिकस क्युरीले संवैधानिक इजलासमै न्यायाधीश थपेर सुनुवाइ गर्न सुझाव दिएको छ ।

    मुद्दाको सुनुवाई बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै भन्ने बहस चलिरहेको बेला एमिकस क्युरीको राय मागिएको थियो ।

    बहसमा भाग लिँदै एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीश थप्न सुझाव दिएका हुन् । तर उनलाई प्रतिप्रश्न गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले भने संविधानमै संवैधानिक इजलासमा ५ जना रहने व्यवस्था रहेको स्मरण गराएका छन् ।

    एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र बिजयकान्त मैनालीले प्रतिनिधित्व गरेका छन् भने सर्वोच्च बारबाट पूर्णमान शाक्य र गीता सिटौला छन् ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १५:३५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij