Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्ताव- चुनावी खर्च राज्यले बेहोरौं

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्ताव- चुनावी खर्च राज्यले बेहोरौं


  • 4.0K
    Shares

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्ताव- चुनावी खर्च राज्यले बेहोरौं
    images

    पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पैसा खर्च गरेर चुनाव जित्ने र असुल्न राज्यकोषको दोहन गर्ने प्रवृत्तिले भ्रष्टाचार बढाएको बताएका छन्।

    जहिलेसम्म पैसा खर्च गरेर चुनाव जित्ने प्रवृत्ति रहन्छ त्यो बेलासम्म राज्यको दोहन भइरहने खतरा हुने भट्टराईको तर्क छ। स्थानीय चुनावको मुखमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत चुनावमा छ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि आयोगले कोइरालासँग स्पष्टीकरण सोधेको थियो।

    चुनावमा उम्मेदवारले खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ। चुनावपछि खर्च विवरण पनि आयोगमा पेश गर्नुपर्ने हुन्छ। ०७४ मा आयोगमा पेश गरेको खर्च विवरण र शशांकको अभिव्यक्तिमा तालमेल मिलेको थिएन। आयोगले स्थानीय चुनावको मुखमा चुनावी खर्चबारे नेताले दिने अभिव्यक्तिप्रति लक्षित गर्दै स्पष्टीकरण सोध्नेजस्ता कदम उठाएको छ।

    यस्तै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसँग पनि आयोगले स्पष्टीकरण मागेको छ। उनले पनि अघिल्लो चुनावमा आयोगमा पेश गरेकोभन्दा धेरै खर्च भएको अभिव्यक्ति दिएका थिए।

    चुनावी खर्च र यसका सीमाबारे बहस भइरहँदा भट्टराईले ट्वीट गर्दै तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।

    ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं- तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले बेहोर्ने!’ सेतोपाटी

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - ०७:०३:१९ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij