Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

सर्बोच्चका न्यायाधिशलाई ओलीले बालुवाटारमा लाइन लगाएर किन भेटे, यी हुन् ओली भेट्ने न्यायाधिश 

सर्बोच्चका न्यायाधिशलाई ओलीले बालुवाटारमा लाइन लगाएर किन भेटे, यी हुन् ओली भेट्ने न्यायाधिश 


  • 11.8K
    Shares

    सर्बोच्चका न्यायाधिशलाई ओलीले बालुवाटारमा लाइन लगाएर किन भेटे, यी हुन् ओली भेट्ने न्यायाधिश 

    काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पालैपालो सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भेटवार्ता गरेको खुलेको छ । 

    असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश सपना मल्ल प्रधानसहित चार न्यायाधीशसँग गोप्य रुपमा भेटेका छन् ।

    प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा दिउँसो १ः२० बजेदेखि २ः४५ बजेसम्म प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

    प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे सोध्न शुक्रबार बिहान  न्यायाधीश मल्ल र कार्कीसँग फोनमा सम्पर्क गर्न खोज्दा उनीहरू दुवै जना सम्पर्कमा आउन चाहेनन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुँदैछ।

    मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् र प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन् । कार्की बाहिरिएपछि चार जनाको सैवैधानिक इजलासमा प्रधानन्यायाधीशले मल्ललाई समावेश गरेका थिए ।

    त्यस्तै प्रधानमन्त्री ओलीले पुस २६ गते सर्वोच्चका वरिष्ठ न्यायाधीशद्वय दिपक कार्की र मीरा खड्कासँग पनि भेटेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीसँग कार्की र खड्काले राति ८ बजेबाट ९ः१० बजेसम्म बालुवाटारमै भेटवार्ता गरेका थिए ।

    प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना हुन नदिन सेटिङ मिलाइरहेको चर्चा भइरहेका बेला न्यायाधीशहरूले बालुवाटारमा पालैपालो भेटवार्ता गरेका हुन् ।

    बुधबार संवैधानिक इजलासमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्ने विषयमै बहस केन्द्रित भएको थियो। तर कुनै निर्णय नभइ सुनुवाइ आज शुक्रबारका लागि सरेको थियो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा अहिले बहस जारी छ ।अहिले सरकारको पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गारिरहेका छन् ।

    प्रतिनिधिसभा विघटनको मुद्दा संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । आज पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस भइरहेको छ ।

    रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएका थिए ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १२:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij