२०८२ भाद्र १० गते मंगलवार
इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६.२ म्याग्नीच्यूडको भूकम्प गएको हो ।
भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् ।
भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij