Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

पलविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय

पलविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय


  • 4.4K
    Shares

    पलविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय
    images

    नाबालिग बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

    शाहविरुद्धको थुनछेक बहसका क्रममा पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको बयान सकिएको छ भने प्रतिवादी शाहको तर्फबाट वकिलहरूको बयान जारी रहेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताएका छन्।

    उनका अनुसार शाहका पक्षबाट ९ जना वकिलले बहस गर्दै छन् भने पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन्।

    सरकारी वकिल कमलपन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका हुन्। उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् ।

    पीडित किशोरीको पक्षबाट कोही पनि वकिल उपस्थित नभएका कारण ३ जना सरकारी वकिलले बहस गरेको उनले बताए।

    दुवै पक्षको बहसपछि आजै थुनछैक आदेश आउने उनले बताए। बहसपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारिख वा धरौटीमा छोडेर मुद्दा चलाउने भन्ने टुंगो लाग्नेछ।

    शाह नाबालिगलाई बलात्कार गरेको आरोपमा फागुन १५ गते पक्राउ परेका हुन्। पीडित किशोरीले फागुन ११ गते किटानी जाहेरी दिएकी थिइन्।

    पीडित किशोरीले सुरुमा तनहुँ प्रहरीमा र पछि गैंडाकोट प्रहरीमा जाहेरी दिएकी थिइन्। शाहको तनहुँ जिल्ला अदालतमा भने यसअघि नै बयान सकिसकेको छ। उनले बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्।

    नवलपुर जिल्ला अदालतमा बयान सकिएसँगै आजै शाहलाई तनहुँ कारागार लगिने तयारी छ।

     

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १६:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij