२०८२ माघ ८ गते बिहिवार
बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज बजारमा सुन प्रतितोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १९ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij