२०८२ भाद्र २३ गते सोमवार
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पाँचौ संस्करण सम्पन्न भएको छ। महोत्सवमा विभिन्न चलचित्रको ७ वटा विधामा उत्कृष्ट १४ वटा पुरस्कार वितरण गरिएको छ।
फेस्टिभलमा राष्ट्रिय फिचर फिल्मतर्फ ‘महानगर’ उत्कृष्ट घोषित भएको छ। मोहन राई निर्देशित यस फिल्मले उत्कृष्ट स्क्रिनप्ले ‘पटकथा’ को अवार्डसमेत जितेको छ।
त्यसैगरि, अन्तर्राष्ट्रिय फिचरतर्फको प्रतिस्पर्धामा बंगलादेशबाट मोहम्मद राबि मिद्धा निर्देशित ‘नो ग्राउण्ड बिनिथ द फिट’ले उत्कृष्ट अवार्ड हात पार्यो। डन किहोटे अवार्ड उत्कृष्ट फिचरतर्फ फैजल सयसलको निर्देशित फिल्म ‘साइलेन्स ट्री’ ले अवार्ड जितेको छ।
राष्ट्रिय फिल्मतर्फ ‘चिसो एस्ट्रे’ फिल्मबाट उज्ज्वल बस्ताकोटीले सिनेमट्रोग्राफीको लागि अवार्ड जित्यो। यसवर्षको उत्कृष्ट अभिनेताको अवार्ड ‘चिसो एस्ट्रेुबाट दिव्य देवले जित्दा उत्कृष्ट अभिनेत्री फिल्म ‘महानगर’बाट मेनुका प्रधान ठहरिइन्।
उत्कृष्ट निर्देशको अवार्ड ‘महानगर’ बाट मोहन राईलेले हात पारे। सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकको लागि बच्चन बेन्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड ‘आईसक्रिम’ का लागि संगिता श्रेष्ठले जितिन।
उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने वाग्मती अवार्ड ‘अल सिट्ट’ ले पाएको छ। गौतमबुद्ध अवार्ड भने ‘नो ग्राउन्ड बिनिथ द फिट्’ ले जितेको छ।
त्यस्तै,मन्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड ‘साईमन फिलियोन’, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गर्ल्स’ का लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ ले जितेको छ।
‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको यसवर्षको निफमा ३८ देशका ८९ देखाइएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij