Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

रेखा थापालाई पार्टीमा भित्र्याउन प्रचण्डको जोडबल, कुन कलाकार कुन पार्टीमा लागे 

रेखा थापालाई पार्टीमा भित्र्याउन प्रचण्डको जोडबल, कुन कलाकार कुन पार्टीमा लागे 


  • 11.5K
    Shares

    रेखा थापालाई पार्टीमा भित्र्याउन प्रचण्डको जोडबल, कुन कलाकार कुन पार्टीमा लागे 

    काठमाडौँ । नेकपा विभाजनको प्रभाव बिस्तारै कलाकारमा पनि देखिन थालेको छ । पछिला दिनमा सेलेव्रिटी नेताले आफ्नो कित्ता क्लियर गर्न थालेका छन् । केही कलाकार खुलेरै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षमा लागेका छन् भने, कोही केपी शर्मा ओलीको पक्षमा छन् । केही भने तटस्थ देखिएका छन् । कोही चाहिँ परिस्थतीको मूल्यांकन गरेर पर्ख र हेरको आधारमा अघि बढ्ने मनस्थितीमा छन् ।

    विगतमा एमालेबाट चुनाव लड्ने तयारी थालेका अभिनेता एवं निर्माता भुवन केसी नेकपा पार्टी विभाजनपछि तटस्थ छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे उनी मौन देखिएका हुन् । तत्काल कुनै पनि पक्षमा खुलिहाल्ने मनस्थितीमा छैनन् उनी । भुवनले तत्काल आफू  कतै नलाग्ने संकेत गरे । 

    विगतमा प्रचण्ड निकट मानिएकी अभिनेत्री रेखा थापा अहिले राप्रपा नेतृ हुन् । रेखालाई आफ्नो पार्टी प्रवेश गराउन नेकपाको दाहाल–नेपाल खेमाले गृहकार्य गरिरहेको बुझिएको छ । 
    कुनै एउटा राम्रो पद दिएर रेखालाई आफूतिर ल्याउन खुमलटारले पहल गरेको निकट स्रोतले जानकारी दिएको छ । रेखालाई युवा संघको केन्द्रिय सदस्य दिलाउने अफर आएको बुझिएको छ । तर, रेखाले यसको स्वतन्त्र पुष्टि गरेकी छैनन् ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विगतमा ओली निकट हुन् । तर, उनी नेकपा विभाजनपछि तटस्थ देखिएका छन् । उनी खुलेर कुनै कित्तामा प्रस्तुत भएका छैनन् । निर्देशक दिनेश डीसी ओली निकट मानिएपनि उनी अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् । संसद विघटनको प्रकरणमा उनी मौन देखिएका थिए ।

    नेकपा निकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई खुलेरै ओलीको पक्षमा लागेका छन् । उनी विगतमा पनि ओली निकट थिए ।

    संगीतकार चेतन सापकोटा, निर्देशक केपी पाठक, अभिनेत्री मौसमी मल्ल, राजेन्द्र खड्गी, सुवास गजुरेल विगतमा पूर्वमाओवादी धारका हुन् । जसले गर्दा यो समूह दाहाल–नेपाल पक्षमै खुलेको छ । अभिनेता दीपकराज गिरी पनि तटस्थ देखिएका छन् । तर, गिरीले संसद विघटनको प्रधानमन्त्रीको कदम ‘व्यवहारिक’ नभएको तर्क अघि सारेका थिए ।

    लोकगायक बद्री पंगेनी पनि खुलेर कुनै पक्षमा लागेका छैनन् । उनी विगतमा एमाले निकट मानिन्थे र स्थानीय तहको चुनावमा उनले गाएको गीत सर्वाधिक लोकप्रिय बनेको थियो । हास्यकलाकार मनोज गजुरेल पनि तटस्थ छन् ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १६:१२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij