२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०५ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख २ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९४३ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij