Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

माधबजी लाई एक नम्बर अध्यक्ष मानेको रात मज्जाले निदाएँ भन्दै प्रचण्डले ओलीलाई यसरी सरापे 

माधबजी लाई एक नम्बर अध्यक्ष मानेको रात मज्जाले निदाएँ भन्दै प्रचण्डले ओलीलाई यसरी सरापे 


  • 7.5K
    Shares

    माधबजी लाई एक नम्बर अध्यक्ष मानेको रात मज्जाले निदाएँ भन्दै प्रचण्डले ओलीलाई यसरी सरापे 

    काठमाडौं । विभाजित नेकपा मध्येको बहुमत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष माधवकुमार नेपाललाई एक नम्बरको अध्यक्ष मान्न पाउँदा आफूलाई आनन्द लागेको बताउएका छन् ।

    स्थायी कमिटि बैठकमा प्रचण्डले नेपाललाई एक नम्बर अध्यक्ष मान्दा आफूलाई मनैदेखि आनन्द लागेको बताउएका हुन्  । उनले भने  ‘माधवजी र म मिलेको केपीजीलाई मन परेको थिएन । उहाँलाई असह्य भएको थियो । तर,हामी विचार,राजनीति मिलेकै कारण अहिले सँगै छौँ । त्यसैले मलाई माधवजीलाई एक नम्बरको अध्यक्ष मान्न पाउँदा आनन्द आँउछ । केपीजी जस्तो भए चैं के हुन्छ,हुन्छ ।’

    प्रचण्डले गत वर्ष फागुनको केन्द्रीय कमिटी बैठकको सफलता ओली पक्षलाई मन नपरेको र त्यहिँबाट पार्टी विभाजनको सुरुआत गरिएको बताए । ‘मेरो अध्यक्षतामा पोहोर केन्द्रीय समितिको बैठक सफलतापूर्वक बडो जनवादी प्रक्रियामा सम्पन्न भयो । त्यो सफलता ओलीलाई असह्य भएपछि पूर्व एमालेहरूलाई एकतिर बनाउनुपर्छ भनेर गुटका भेला शुरु गरियो’ उनले भने। 

    अहिलेको संघर्ष केपी ओलीविरुद्ध नभई केपी प्रवृतिको विरुद्ध भएको पनि प्रचण्डको भनाई छ  । ‘अहिले बाहिर सेटिङका हल्ला धेरै सुनिएका छन्, म त्यस्तो होला भन्ने पत्याउन त चाहन्नँ तर सत्ताको दबाब हुनसक्छ’ उनले भने  ‘उहाँहरु (सर्वोच्च अदालत र निर्वाचन आयोग)ले सहि निर्णय गर्नुहुन्छ । भरोसा त गरेकै छौं । सहजीकरण गर्न जनता सडकमा आउनै पर्छ ।’

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १५:३२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij