Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

साहित्यकार भाग्यशाली अधिकारीको निबन्ध 'दोषी को ?' लोकार्पण कार्यक्रम सम्पन्न

साहित्यकार भाग्यशाली अधिकारीको निबन्ध 'दोषी को ?' लोकार्पण कार्यक्रम सम्पन्न


  • 5.1K
    Shares

    साहित्यकार भाग्यशाली अधिकारीको  निबन्ध 'दोषी को ?' लोकार्पण कार्यक्रम सम्पन्न
    images

    जन्मदिनको विशेष अवसर पारेर साहित्यकार भाग्यशाली अधिकारीकृत निबन्ध सङ्ग्रह 'दोषी को ?' को लोकार्पण एक भव्य कार्यक्रमबीच नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा यही चैत्र १७ गते विहीबार सम्पन्न भएको छ ।

    पन्ध्रौं कृति सार्वजनिकीकरणको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पन्ध्रौं कृति प्रकाशन गर्न सफल भएकोमा बधाई टक्र्याए । सिर्जनशील साहित्यकार अधिकारी अन्य लेखकलाई पनि अभिप्रेरक रहेको उनको स्पष्टोक्ति थियो । सङ्क्षिप्त किन्तु सारगर्भित कार्यक्रम आयोजना गरेकामा आयोजक, प्रकाशक र परिवारका सदस्यलाई समेत एकमुस्ट धन्यवाद ज्ञापन गरे । वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले निबन्ध सङ्क्षिप्त र विषयवस्तु केन्द्रित भएको टिप्पणी गरे ।

    गृहजिल्लालाई समेत समेट्न भ्याएकोमा सन्तोष व्यक्त गर्दै हतार गर्दा शुद्धाशुद्धिका केही सीमा रहेको उल्लेख गरे । अर्का समालोचक तथा नियात्राकार प्रा. डा. देवीप्रसाद सुवेदीले कविता विधामा सिद्धहस्त कविका रूपमा परिचय बनाइसकेका अधिकारीको खण्डकाव्य र महाकाव्यसमेत प्रकाशित भइसकेको जानकारी दिँदै आत्मपरक, यात्रापरक र संस्मरणात्मक अनुभूतिहरू पाइने निबन्ध सङ्ग्रह 'दोषी को?'मा दुई दर्जन निबन्ध समेटिएको बताए ।

    सामाखुसी साहित्य समाजमार्फत साहित्य क्षेत्रमा निरन्तर क्रियाशील अधिकारीलाई सुवेदीले जन्मदिनको विशेष शुभकामनासमेत टक्र्याए । महाकाव्यकार ,कवि तथा निबन्धकार भाग्यशाली अधिकारीले आफ्ना सीमाहरूप्रति क्षमा याचना गर्दै उपस्थित पाहुना, दिग्गज व्यक्तित्व तथा साहित्यकार एवं साहित्यानुरागीहरूलाई आभार प्रकट गरे ।

    मुक्तककार तथा कवि कृष्णदेव रिमालले सहजीकरण गरेको उक्त कार्यक्रमका अध्यक्षता सर्वज्ञराज पौडेलले गरेका थिए भने साहित्यकार तथा सामाखुसी साहित्य समाजका सचिव दिनेशविक्रम थापाले आगन्तुक अतिथिहरूलाई स्वागत गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १८ २०७८ शुक्रवार - १३:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij