२०८२ भाद्र १० गते मंगलवार
आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहीबार प्रतितोला एक लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij