२०८२ भाद्र १२ गते बिहिवार
झापा । शंकास्पद लागुऔषधसहित झापाको मेचीनगरबाट दम्पत्ती नै पक्राउ परेका छन् । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक राकेश थापका अनुसार उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगरजस्तो लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij