Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

देउवालाई बोकेर पर्वत हिडेको हेलिकप्टर गोरखामा किन भयो आकस्मिक अवतरण

देउवालाई बोकेर पर्वत हिडेको हेलिकप्टर गोरखामा किन भयो आकस्मिक अवतरण


  • 8.3K
    Shares

    देउवालाई बोकेर पर्वत हिडेको हेलिकप्टर गोरखामा किन भयो आकस्मिक अवतरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ ।

    गोरखाको पालुङटार नगरपालिका स्थित हर्नी र आँपपिपल क्षेत्रमा हेलिकप्टरलाई फोर्स ल्यान्ड गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

    कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए ।

    गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १३:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij