Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन

मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन


  • 3.4K
    Shares

    मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन

    खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गर्नुभएको छ ।

    काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उहाँले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताउनुभयो । नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उहाँले बताउनुभयो ।

    बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटिएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको भन्दै उहाँले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटिम जडान गर्ने अभियान चलाउने बताउनुभयोे ।

    अस्पताल परिसरमा जडान गरिएको वाटर एटिएममा रु दुई खसालेर कागजको कपमा २०० मिलीलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो ।

    प्रकाशित मिति :चैत्र १५ २०७८ मंगलवार - १०:१३:५६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij