Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विएमडब्लु जी ३१० आरको बिएस४ मोडलमा यति धेरै रकम छुट, कति पर्छ मूल्य ?

विएमडब्लु जी ३१० आरको बिएस४ मोडलमा यति धेरै रकम छुट, कति पर्छ मूल्य ?


  • 3.0K
    Shares

    • images
    विएमडब्लु जी ३१० आरको बिएस४ मोडलमा यति धेरै रकम छुट, कति पर्छ मूल्य ?
    images

    नेपालका लागि विएमडब्लु मोटरसाइकलको आधिकारिक वितरक हिमालयन मोटोरार्डले जी ३१० आरको बिएस४ मोडलमा ६० हजार नगद छुट दिने बताएको छ ।

    केही समयअघि देखी विएस६ मोडल भित्राएर कारोबार थालेको यो कम्पनीले आफूसंग स्टकमा भएको यो पुरानो मोडलमा यति धेरै रकम छुट दिएको हो ।

    ३१३ सिसी क्षमताको इन्जिन जडित यो बाइकलाई कम्पनीले ९ लाख ७५ हजार रुपैयाँमा कारोबार गर्दै आइरहेको छ । यो बाइकको अधिकतम पावर ३३ बिएचपी र टर्क २८ एनएम रहेको छ ।

    आकर्षक लुक्स, आरामदायी फिचर्स र प्रिमियम ब्रान्ड भ्यालुका कारण लोकप्रिय बनिरहेको बिएमडब्लुको नेपाली बजारमा जी ३१० आर सहित अर्को मोडल जी ३१० जिएस पनि उपलब्ध रहँदै आएको छ ।

    बिएस६ मोडलको मूल्य भने क्रमश १३ लाख ७५ हजार र १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १६:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij