Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

धनगढीमा एक मृत फेला

धनगढीमा एक मृत फेला


  • 7.8K
    Shares

    धनगढीमा एक मृत फेला
    images

    धनगढी । धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत भेटिएका छन । हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले आज बिहान मनहेरा स्थित सडकखण्डमा पुरुष मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।

    हेलमेट लगाएको अवस्थामा भेटिएका ती पुरुषको शवसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उनको दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - ११:४४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij