२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । काठमाडौँको भद्रकाली नजिकै बस दुर्घटना भएको छ । बिहीबार बिहान ७ः५५ बजे भद्रकाली नजिकै रहेको आकासे पुलनिर चन्द्रागिरि यातायातको बस सडकमा पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बसमा सवार तीन जनामध्ये चालक र एक जना बच्चा गरी दुई जना घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । बसमा सवार अर्का एक जना सम्पर्कमा नभएको र प्रहरीले उनको खोजी गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij