Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

ओलीले डीएनए परीक्षण गरेर डम्मरु बजाउँदै सदस्यता दिन्छन भन्दै माधवले सुनाए ओली पुराण 

ओलीले डीएनए परीक्षण गरेर डम्मरु बजाउँदै सदस्यता दिन्छन भन्दै माधवले सुनाए ओली पुराण 


  • 6.4K
    Shares

    ओलीले डीएनए परीक्षण गरेर डम्मरु बजाउँदै सदस्यता दिन्छन भन्दै माधवले सुनाए ओली पुराण 

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले खकार, रगत र डीएनए परीक्षण गरेर मात्रै सदस्यता, जिम्मेवारी प्रदान गर्ने आरोप लगाएका छन् ।

    काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीले पार्टीका हरेक कमिटीमा आफूनिकट मानिसहरू, आफ्ना ब्रान्ड भर्ती गरेको र कालान्तरमा तिनीहरू हनुमानमा परिणत भएको बताए ।

    ‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने, ‘अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ ।’

    उनले अहिले नेकपाको कार्यभार प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको सशक्त विरोध गर्नु नै रहेको र त्यसलाई सच्याउनु रहेको बताएका छन् ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १६:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij