Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पछिल्लो २४ घण्टामा थपिए ४४५ जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ४४५ जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु


  • 6.4K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ४४५ जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ । 

    गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ । 

    बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन् । 

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १६:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij