Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

होलीको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको ‘फागु अफर’

होलीको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको ‘फागु अफर’


  • 6.1K
    Shares

    होलीको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड डाटासहितको ‘फागु अफर’

    काठमाडौँ । होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमको भनाइ छ ।  

    यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १६:५०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij