२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । प्रतिनिधीसभा विघटनको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउन बाँकी छ । आजै मात्र पनि सुनुवाई भइ रहेको । अदालतले विघटनको निर्णय सदर गर्ला वा पुनःस्थापनाको आदेश देला चौतर्फी चासो छ । नानी पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भन्ने उखानलाई चरितार्थ गर्दै सरकारले चुनाबी तयारीको चटक देखाएको छ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै पनि हालतमा संसद् पुनर्गठन हुन नसक्ने दाबी गर्दै आएका छन् । प्रधानमन्त्रीकै निर्देशनानुसार सुरक्षा निकायले भने निर्वाचनको सुरक्षाको तयारी सुरु गरिसकेका छन् ।
नेपाल प्रहरीले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम सुरु गरेको छ । पोखरेलको नेतृत्वमा ३७ सदस्य रहेको समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । उपप्रधानमन्त्री इश्वर पोखरेलका नातेदार विश्वलाई चुनाबी कमाण्ड दिएर बिपक्षीलाई त्रास देखाएको अड्कल समेत गरिन थालेको छ।
उनका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । समितिकै प्रतिवेदनको आधारमा प्रहरीले सरकारसँग निर्वाचनका लागि अपुग साधन–स्रोत माग गर्नेछ । प्रहरीले निर्वाचनका लागि आफूहरुसँग पर्याप्त स्रोत–साधनको अभाव भएको यसअघि नै सरकारलाई जानकारी गराइसकेको छ ।
समितिले निर्वाचनको सुरक्षा मोडालिटी, सुरक्षा चुनौतीलगायतको विश्लेषणसमेत गर्नेछ । गृह मन्त्रालयले यसअघि नै सहसचिवको नेतृत्वको निर्वाचन सुुरक्षासम्बन्धी एक समिति बनाइसकेको छ ।
निर्वाचनमा चारओटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् । निर्वाचनमा जुट्नुपर्ने भएपछि प्रहरीको समायोजन प्रक्रियासमेत प्रभावित भएको छ ।
निर्वाचनका लागि म्यादी प्रहरीको भर्नाबारे भने अहिल्यै प्रहरी प्रधान कार्यालयले निर्णय गरिसकेको छैन । तर, वैशाखमा निर्वाचन हुन मुस्किल रहेको सुरक्षा अधिकारीहरु दाबी गर्दै आएका छन् ।
सत्तारुढ दल नेकपाको आधिकारिकता विवादसमेत जारी रहेको र संसद् विघटनबारे पनि सर्वोच्चको फैसला नआइसकेको अवस्थामा वैशाखमा निर्वाचन मुस्किल रहेको सुरक्षा अधिकारीहरुको बुझाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij