Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अटो रिक्सा दुर्घटना : एकको मृत्यु, चार घाइते

अटो रिक्सा दुर्घटना : एकको मृत्यु, चार घाइते


  • 9.2K
    Shares

    अटो रिक्सा दुर्घटना : एकको मृत्यु, चार घाइते
    images

    डोटी । डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका– ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । इन्द्रबहादुर मल्लका अनुसार ७ जना सवारी बोकेर शिखर नगरपालिका – १० बानेडुग्रीसैनबाट दिपायल आउँदै गरेको अटो मंगलबार राति करिब ८ बजे दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा परि शिखर नगरपालिका– ३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी शिखर नगरपालिका–३ का १८ वर्षीय अर्जुन पार्की, अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेका छन् । 

    घाइते चार जनामध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलालीतर्फ रेफर गरिएको छ भने दुई जनाको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा सवार अन्य दुई जना भने सकुशल रहेका छन् ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १२:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij