Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

चन्द्रागिरीमा एक पुरुषको हत्या

चन्द्रागिरीमा एक पुरुषको हत्या


  • 7.4K
    Shares

    चन्द्रागिरीमा एक पुरुषको हत्या
    images

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरी ७ घुमाउनेमा एक जना पुरुषको हत्या भएको छ । मंगलबार राति ९ः१० बजे लेनदेनको विषयमा विवाद हुँदा चन्द्रागिरी ७ घुमाउनेमा टहरामा बस्दै आएका ५२ वर्षीय होम बहादुर सुदारको हत्या भएको हो ।

    महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार विवादको क्रममा चन्द्रागिरी २ का २२ वर्षीय रामकृष्ण तामाङले लौराले सुदारको टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा उनको मृत्यु भएको हो । प्रहरीले तामाङलाई मंगलबार राति नै पक्राउ गरेको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले मृतकसँग ७ लाख रकम लिनुपर्ने र पटक पटक माग्दा समेत नदिएकोले तामाङले सुदारको हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - ११:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij