Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

उपन्यासकार यदुनाथ भट्टराईकृत 'योद्धा' यही फागुन २८ गते सार्वजनिकीकरण हुने

उपन्यासकार यदुनाथ भट्टराईकृत 'योद्धा' यही फागुन २८ गते सार्वजनिकीकरण हुने


  • 8.3K
    Shares

    उपन्यासकार यदुनाथ भट्टराईकृत 'योद्धा' यही फागुन २८ गते सार्वजनिकीकरण हुने
    images

    माओवादी जनयुद्धलाई भावभूमि बनाई लेखिएको बहुप्रतीक्षित उपन्यास 'योद्धा'को सार्वजनिकीकरण हुने भएको छ ।

    वर्गीय उत्पीडनसँग गहिरो साइनो राख्ने उक्त उपन्यास यही फागुन २८ गते शनिबार नारायणी नमुना मा•वि•,भरतपुर, चितवनमा विमोचन हुने आयोजक संस्था चितवन साहित्य सङ्गमका अध्यक्ष प्रकाश चापागाईंले बताए । मूलतः जनपक्षमा लेखिने कृतिहरूलाई आफूहरूले उच्च महत्व दिने उनको कथन थियो । उपन्यासकार यदुनाथ भट्टराईकृत 'योद्धा' उनको पहिलो औपन्यासिक कृति भएको पनि चापागाईंले जानकारी दिए ।

    उपन्यासकार भट्टराईले आफ्नो कृति उत्तरी लमजुङ र गोरखाको सेरोफेरोमा भीषण जनयुद्धताका घटेका घटनाको इतिवृत्त र युद्धको ऊहापोह भएको अवगत गराए ।

    उपन्यासमा वरिष्ठ साहित्यकारद्वय महेश प्रसाई र डा•धनप्रसाद सुवेदीको भूमिका रहेको छ । भट्टराईले यसअघि नै निबन्ध सङ्ग्रह पाठकमाझ पस्किसकेका छन् भने कविता र कथाकृति प्रकाशनको तयारीमा छन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १६:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij