Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

लोकसेवाले खोल्यो झण्डै ९ सय सुब्बाको विज्ञापन

लोकसेवाले खोल्यो झण्डै ९ सय सुब्बाको विज्ञापन


  • 8.0K
    Shares

    लोकसेवाले खोल्यो झण्डै ९ सय सुब्बाको विज्ञापन
    images

    काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि विज्ञापन आऋवान गरेको छ । आयोगले नासु पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो । 

    आयोगले खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

    आयोगले काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ भने धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन खोलाएको छ । 
     
    पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने जनाइएको छ भने जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ ।

    त्यसैगरि, आयोगका अनुसार बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ भने सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

    दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ । 

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - ११:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij