२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३५३८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८२ हजार ७८० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij