Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

प्रहरी हवल्दार घुस रकमसहित पक्राउ

प्रहरी हवल्दार घुस रकमसहित पक्राउ


  • 7.6K
    Shares

    • images
    प्रहरी हवल्दार घुस रकमसहित पक्राउ
    images

    तनहुँ । तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय, बेलचौतारामा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी १० हजार घुस रकमसहित पक्राउ परेकी हुन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनले कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्तिलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेकी थिइन् । सो सूचना अख्तियारले पाएपछि पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

     

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij