२०८२ माघ १० गते शनिवार
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।
प्रेस युनियन धनुषाले मंगलबार बिहान जनकपुरमा आयोजन गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालको संविधान २०७२ मा संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन । ओलीको निर्णय अवैधानिक हो तर निर्वाचन संवैधानिक हो ।’
“प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांग्रेसमा कुनै विवाद छैन”, उहाँले भन्नुभयो, “निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांग्रेसलाई शिरोधार्य हुनेछ ।”
उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने आग्रह गर्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij