Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

 कलाकार पल शाह थप १२ दिन हिरासतमा रहने

 कलाकार पल शाह थप १२ दिन हिरासतमा रहने


  • 8.9K
    Shares

     कलाकार पल शाह थप १२ दिन हिरासतमा रहने
    images

    काठमाडौँ । कलाकार पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् ।

    नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थप गरेको हो ।

    फागुन १५ गते पक्राउ परेका शाहमाथि अनुसन्धानका लागि भन्दै सोही दिन जिल्ला अदालतले ७ दिनको म्याद दिएको थियो । सो म्याद सकिएपछि प्रहरीले आइतबार उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।

    नाबालिगसँग याैनसम्बन्ध राखेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी परेको थियो। उजुरीको पाँचदिनपछि कलाकार शाह आफैं प्रहरी कार्यालय पुगेका थिए ।

    उनीविरुद्ध नवलपुरको गैंडाकोटमा पनि सोही प्रकृतिको मुद्दा दायर छ । 

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १५:४६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij