२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । पछिल्लो समय नेपालको पूँजी बजार अर्थात शेयर मार्केटमा लगानी गर्ने क्रम निकै बढेको छ ।
स्मार्टफोनसँगै डिजिटल वालेट, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ जस्ता प्रविधिले त झन् यसलाई निकै व्यापक बनाउन सघाएको छ ।
यस्तोमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइनबाटै आईपीओ भर्न तथा सेकेन्डरी बजारमा शेयर किनबेच गर्नका लागि मेरो शेयर नामक एप सञ्चालनमा ल्याएको छ । यदि तपाईँ पनि मेरो शेयर वा डिम्याट खाता प्रयोग गर्नुहुन्छ भने अब कनेक्ट आईपीएसबाटै त्यसको नवीकरण गर्न सक्नुहुन्छ ।
के हो कनेक्ट आईपीएस ?
कनेक्ट आईपीएस ई–पेमेन्टप्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो । जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।
कसरी नवीकरण गर्ने ?
-सबैभन्दा पहिला आफ्नो मोबाइल एपमा वा कम्प्युटरमा यहाँ क्लिक गरी मेरो शेयर डटकम खोल्नुहोस् ।
-अब त्यहाँ आफ्नो युजरनेम र पासवर्ड राखेर लगईन गर्नुहोस् । लगईन गर्नासाथ तपाईँ ड्याशबोर्डमा पुग्न सक्नुहुनेछ ।
-ड्याशबोर्डको दायाँतर्फ रहेको मेरो शेयरको प्रोफाइलमा क्लिक गर्नुहोस् ।
-त्यहाँ रहेको अकाउन्ट इन्फरमेसनमा क्लिक गर्नुहोस् ।
-अब त्यहाँ रहेको कनेक्ट आईपीएसमा गरेपछि तपाईँले मेरो शेयर, डिम्याट अकाउन्ट र एक साथ दुवै नवीकरण गर्ने सहित तीन ओटा विकल्प देख्न सक्नुहुन्छ ।
-त्यसमध्ये आफ्नो आवश्यकता अनुसारको एउटा विकल्प छान्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस् ।
-अब आफ्नो कनेक्ट आईपीएस अकाउन्ट लगईन गर्नुहोस् र डेबिट अकाउन्ट गएर चयन गर्नुहोस् ।
-त्यसपछि तपाईँले कनेक्ट आईपीएसमा कनेक्ट भएको आफ्नो बैंक अकाउन्ट देख्न सक्नुहुनेछ । त्यसलाई छनौट गरेर सब्मिट गर्नुहोस् ।
-यति गरिसकेपछि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट तपाईँको मोबाइलमा एउटा ओटीपी कोड आउँछ । त्यसलाई राख्नुहोस् र पुनः सब्मिट गर्नुहोस् । यति गरेपछि तपाईँको मेरो शेयर र डिम्याट अकाउन्ट कनेक्ट आईपीएसबाट नवीकरण हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij