Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अनुसन्धान नसकिएकाले पल शाहलाई फेरि म्याद थप्ने तयारीमा

अनुसन्धान नसकिएकाले पल शाहलाई फेरि म्याद थप्ने तयारीमा


  • 4.0K
    Shares

    अनुसन्धान नसकिएकाले पल शाहलाई फेरि म्याद थप्ने तयारीमा
    images

    काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ ।

    पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले म्याद थप्ने तयारी भएको बताए ।

    उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ ।

    पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी ९बलात्कार० गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैँडाकोटमा अर्को जाहेरी समेत परेको छ ।

    आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको हो ।

    एकै घटनामा दुई स्थानमा जाहेरी दर्ता भए पनि म्याद थप, मुद्दा दर्तालगायत काम भने जिल्ला प्रहरी कार्यालय तनहुँबाटै हुने बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १०:४४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij