Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

किशोरीको आयो यस्तो मेडिकल रिपोर्ट: जन्मदर्ता अनुसार पनि नाबालिग, अब के पल शाह जेल जालान् त ?

किशोरीको आयो यस्तो मेडिकल रिपोर्ट: जन्मदर्ता अनुसार पनि नाबालिग, अब के पल शाह जेल जालान् त ?


  • 4.2K
    Shares

    किशोरीको आयो यस्तो मेडिकल रिपोर्ट: जन्मदर्ता अनुसार पनि नाबालिग, अब के पल शाह जेल जालान् त ?
    images

    काठमाडौ । एक किशोरीले करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका अभिनेता पल शाहविरुद्ध प्रहरीले प्रमाण जुटाउने काम थालेको छ ।

    किशोरीले उजुरी दिएको ५ दिनपछि पक्राउ परेका पललाई हिरासतमा राखेर अनुसन्धान थाल्न अदालतले अनुमति दिएपछि पल अहिले ६ दिन देखि प्रहरी हिरासतमा छन् ।

    प्रहरीले अहिले सम्म पल बिरुद्ध २ वटा प्रमाण फेला पारेको छ । जुन प्रमाण पल विरुद्ध छन् । पललाई आरोप लागेको पी डित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

    सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो। जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अनुसन्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।

    प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी विरुद्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए।

    किशोरीको मुद्दा हेरेकी अधिवक्ताले पनि पलविरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको बताएकी छन् ।

    तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आरोप अस्वीकार गरेका छन्। उनले पी डित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि करणी भने नगरेको दाबी गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १२:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij