Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कनेक्ट आईपीएसबाटै यसरी तिर्नुहोस् विएससीको आवेदन शुल्क (तरिकासहित)

कनेक्ट आईपीएसबाटै यसरी तिर्नुहोस् विएससीको आवेदन शुल्क (तरिकासहित)


  • 3.8K
    Shares

    कनेक्ट आईपीएसबाटै  यसरी तिर्नुहोस् विएससीको आवेदन शुल्क (तरिकासहित)

    पछिल्लो समय कुनै  पनि वस्तु तथा सेवाको महशुल भुक्तानीका लागि कनेक्ट आईपीएस लोकप्रिय बन्दै गइरहेको  छ । हरेक घरका लागि आवश्यक हुने विद्युतको महशुल भुक्तानी देखि राजश्वसम्म भुक्तानी यसै माध्यमबाट तिर्ने सुविधा भएपछि कनेक्ट आईपीएसको लोकप्रियता बढ्दै गइरहेको हो । 

    हरेक क्षेत्र प्रविधिमैत्री बन्दै जाँदा कम्पनीले नयाँ नयाँ सुविधाहरू थप गर्दै लगेको छ । विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले नयाँ सुविधा प्रदान गरेको हो । कम्पनीले विएससीको अनलाइन आवेदन शुल्क कनेक्ट आईपीएसमार्फत सजिलै तिर्न सक्ने सुविधा ल्याएको छ । 

    जसको प्रयोगले विद्यार्थीहरूले सहजै आफू रहेको ठाउँबाट अनलाइन आवेदन दिन तथा भुक्तानी गर्न सक्ने भएका छन्  । विशेष गरी  कृषि तथा वन विश्वविद्यालयको बीएससीका विद्यार्थीहरूका लागि यो सुविधा हाल उपलब्ध रहेको छ ।

    कनेक्ट आईपीएसको माध्यमबाट यसको शुल्क सहजै तिर्न सकिन्छ । सिद्धार्थ बैंकको सहकार्यमा सो अनलाइन आवेदन तिर्ने सुविधा उपलब्ध भएको हो । 

    कसरी बन्ने प्रयोगकर्ता ?

    कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नका लागि सर्वप्रथम तपाईंले कनेक्ट आईपीएसको वेबसाइट https://www.connectips.com/  मा लगइन  गर्नुपर्छ वा मोबाइल एप डाउनलोड गर्नको लागि (http://onelink.to/connectips) मा क्लिक गर्नुपर्ने हुन्छ ।

    १_jH33IDlUON.png

    त्यसपछि त्यहाँ साइन अप र साइन इन अप्सन दिइएको हुन्छ । जसमध्ये नयाँ खाताका लागि साइन अपमा क्लिक गर्नुपर्दछ । 

    यसपछि नयाँ ट्याब खुल्छ, जसमा तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू (नाम, लिंग, मोबाइल नम्बर, इमेल आईडी, जन्म मिति, जिल्ला) भर्नुपर्ने हुन्छ । 

    यसपछि कनेक्ट आईपीएस प्रयोगका लागि युजरनेम र पासवर्ड पनि त्यहाँ राख्नुपर्ने हुन्छ । यति गरिसकेपछि कनेक्ट आईपीएस र तपाईंको खाता रहेको बैंकलाई अनलाइन वा बैंकमा गएर लिंक गर्न सक्नुहुनेछ ।

    यसपछि तपाई कनेक्ट आईपीएस प्रयोगकर्ता बन्नुहुनेछ । यसबाट तपाईंले आफ्नो वा अन्य कसैको बैंक खातामा रकम पठाउन, इन्टरनेट, बिजुली बत्तीको बिल भुक्तानी गर्न सकिनेछ । 

    कसरी गर्ने अनलाइनबाट भुक्तानी ?

    अनलाइनमार्फत आवेदन शुल्क भुक्तानीका लागि सर्वप्रथम विद्यार्थीले कनेक्ट आईपीएसमा युजर बनेको हुनुपर्छ । त्यसपछि विद्यार्थीले कृषि तथा वन विश्वविद्यालयको वेबसाइट https://www.afu.edu.np/ मा गएर फर्म भर्नुपर्छ । 

    फर्म भर्ने आवश्यक प्रक्रिया पूरा गरेपछि आवेदन शुल्क तिर्नको लागि भने कनेक्ट आईपीएसलाई छनोट गरी  गरी आफूले लिंक गरेर एसेप्ट भएको  खाताबाट सजिलै भुक्तानी गर्न सकिन्छ । 

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - ११:२४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij