Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

ट्याक्टर दुर्घटना : एकको मृत्यु

ट्याक्टर दुर्घटना : एकको मृत्यु


  • 7.1K
    Shares

    • images
    ट्याक्टर दुर्घटना : एकको मृत्यु
    images

    मार्तडी । बडीमालिका नगरपालिका–९, चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४, छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् ।

    उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएको छ । उनका अनुसार खाली रहेका ग्यासका सिलिन्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेतनजिकै दुर्घटनामा परी घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको हो ।

    ट्याक्टर दुर्घटना हुँदा सडकभन्दा १०० मिटर तल खसेको प्रहरी निरीक्षक  ठगुन्नाले जानकारी दिए । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १०:१५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij