Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप युट्युब डेटा प्याकको भोल्युम

एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप युट्युब डेटा प्याकको भोल्युम


  • 6.6K
    Shares

    एनसेलले ल्यायो अल टाइम डाटा प्याक, बढ्यो ननस्टप युट्युब डेटा प्याकको भोल्युम

    एनसेल आजियाटाले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ। यसका साथै ननस्टप युट्युब अफरअन्तर्गतको एउटा अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ। 
     
    नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जिबी अल टाइम डेटा ग्राहकले करसहित एक सय २५ रुपैयाँमा सुरू गर्न सक्छन्। त्यस्तै, ननस्टप युट्युब प्याकअन्तर्गत ग्राहकले करसहित १ सय ४७ रुपैयाँमा सात दिनको समयसिमा रहेको ४ जिबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा ननस्टप पहुँच पाउँन सक्नेछन्।

    पहिले ग्राहकहरूले यस युट्युब प्याकमा यही मूल्यमा २ जिबी अल टाइम डेटा पाउँदै आएका थिए। अब यो भोल्युम बढेर ४ जिबी भएको हो। 

    यी प्याकहरू आज मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन्। ग्राहकले *17123# डायल गरी नयाँ ५ जिबी अल टाइम डेटा प्याक सुरू गर्न सक्छन्। त्यस्तै, ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको ४ जिबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ डेटा बन्डल पनि *17123#  डायल गरी प्राप्त निर्देशन अनुसार सुरू गर्न सक्छन्।

    ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन्। यी प्याकहरू सुरू भएको दिनबाट ७ दिनको लागि मान्य हुनेछ। 

    डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र ननस्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङका लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनैपनि समय सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। 
     

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १२:५८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij