२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा भेटिएका ४ सय ८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन् । यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ ।
जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ । काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij