२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिलमा ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा सवारीसाधन चालक लाइसेन्सका सबै परीक्षा स्थगित गरिएका छन् ।
यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सोमवार काठमाडौं उपत्यकाभरि विभिन्न समूहका विरोधका कार्यक्रम तोकिएकाले १ दिनका लागि प्रतिनिधि पठाउन नसकिने जानकारी यातायात कार्यालयलाई गरिएको बताए । ‘हाम्रो जनशक्ति राजधानीको ट्राफिक व्यवस्थापनमा खटिनुपर्नेछ, त्यसैले प्रतिनिधि पठाउन नसकिएको हो,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij