२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । बुढानिलकण्ठमा चक्कु प्रहार गरि एक युवकको हत्या गरेका छन् । महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले मकवानपुर थाहा नगरपालिका वडा नम्वर ६ घर भएका २१ वर्षीय राज सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो ।
आज बिहान चितवनको पिप्ले भन्ने स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।
पुस २३ गते बेलुकाको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ चिसेनीस्थित रहेको गुम्बा नजिकको सार्बजनिक बाटोमा २१ वर्षीय सुशिल तामाङलाई चक्कु प्रहार गरेका थिए ।
केटीको विषयमा झगडा हुँदा चक्कु प्रहारबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाजगंञ्जमा आइतवार मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij