Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

टोखा हत्या प्रकरणको आयो रिपोर्ट, श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको भयो पुष्टि

टोखा हत्या प्रकरणको आयो रिपोर्ट, श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको भयो पुष्टि


  • 10.0K
    Shares

    टोखा हत्या प्रकरणको आयो रिपोर्ट, श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको भयो पुष्टि
    images

    केही दिन अघि टोखामा मृत अवस्थामा फेला परेका दम्पतीमध्ये एक जनाको हत्या र अर्कोको आत्महत्या पुष्टि भएको छ । चिकित्सको प्रारम्भीक रिपोर्टअनुसार श्रीमानको मृत्यु टाउकोमा चोटका कारण रगत जमेर भएको देखिएको छ भने श्रीमतीको मृत्युको कारण चाहिँ झुण्डीएको देखिएको छ । 

    शुक्रवार बिहान पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका थिए। उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए। दुवैको शव शुक्रवार राति नै पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। पोष्टमार्टमपछि चिकित्सकले प्रहरीलाई दिएको जानकारी अनुसार उमेशको हत्या भएको देखिएको छ।

    "कारण के हो भन्ने खोजी भइरहेको छ। तर, पोष्टमार्टम रिपोर्ट अनुसार श्रीमानको टाउकोमा चोटका कारण रगत जमेर मृत्यु भएको देखियो," महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले भने। प्रहरीले घटनास्थलबाट चारपाटे सिलौटो समेत बरामद गरेको थियो। सिलोटौंमा कपाल र रगत तलपतिएको थियो। त्यस्तै, उमेशको शरीरमा भित्री बस्त्रमात्र थियो । उनीमाथि अचानक प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

    घरमा उमेश र सुदिक्षा दुई जनामात्रै बस्दै आएका थिए । सुदिक्षाको शव भने भर्‍याङको रेलिङमा सलमा झुन्डिएको अवस्थामा फेला परेको थियो । एक जनाको मृत्यु भएको १० देखि १२ घण्टाको फरकमा अर्कोको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको चिकित्सकलाई उदृत गर्दै अनुसन्धानमा खटिएका प्रहरीले  भने ।

    "पहिले श्रीमानको त्यसपछि १०र१२ घण्टाको फरकमा श्रीमतीको मृत्यु भएको देखिएको छ" अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने। उमेश पढाइको सिलसिलामा अमेरिकामा बस्दै आएका थिए। उनी दशैं मनाउँन भन्दै अष्ठमीको दिन काठमाडौं आइपुगेका थिए।

    उमेश जनवरी १४ तारिकमा अमेरिका फर्किँदै थिए। तर, त्यसअघि नै उनको हत्या भयो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा श्रीमतीले नै उमेशको हत्या गरेर आत्महत्या गरेको देखिएको छ । तर, श्रीमतीको आत्महत्याले हत्याको कारण भने खुल्न कठिन बनाएको छ ।

    दुवैको मृत्युको जानकारी सबैभन्दा पहिले सुदिक्षाकी दिदीले पाएकी थिइन् । शुक्रवार बिहान करिव ६ बजेतिर उनी बहिनी ज्वाइँको कोठामा पुगेकी थिएन् । घरको पछाडिको ढोकाको चुकुल खोलेर उनी भित्र छिरेर हेर्दा दुवैजना मृत अवस्थामा देखेको प्रहरीमा बयान दिएकी छिन् । तर, यसरी देखेको लामो समयसम्म पनि उनले आफन्तलाई खबर गरिनन् । उमेशका परिवारले त्यसैलाई आधार मानेर शंकास्पद मृत्यु भएको जनाएका छन् । उमेशका बुबाआमा बानेश्वरमा र माइला दाजु हिमेश केसी भने ललितपुरमा नै बस्दै आएका छन् ।  

    प्रहरीको अहिलेसम्मको अनुसन्धानले घटनामा थर्ड पर्सनुको संलग्न नभएको देखाएको छ। "उनले घटना भएको थाहा पाएपछि पनि लामो समय किन भनिनन् भन्ने शंका गर्न सकियो। तर, ज्यान केसमा उनकै संलग्नता छ भन्ने केही प्रमाण फेला पर्नुपर्छ। त्यस्तो केही देखिँदैन," अनुसन्धानमा खटिएका ती प्रहरीले सुनाए ।

    सुदिक्षाकी दिदीको घर भिल्लाबाट नजिकै पर्छ। प्रहरीले घटनाको प्राविधिक र भौतिक पक्षहरुको पनि अनुसन्धान गरिरहेको छ।

    यसअघि गत भदौ २६ गते भक्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको थियो। घटनाको प्रकृति झन्डै उस्तै थियो। घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका थिए।

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - १३:२३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij