२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोगमा पुगेको छ।
पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा अध्यक्ष सहित लिलामणि पोखरेल लगायत केही स्थायी कमिटी सदस्य पनि पुगेका छन्।
संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए।
संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ। उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ’, पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं।’
यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । आयोगसँग पुस २३ मा पठाएको पत्रबारे पनि थप प्रष्ट पारिने भएको छ ।
आइतबार यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij