Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी जब र फाउन्ड परियोजना द लेप्रोसी मिशन नेपाल (TLMN)बीच सम्झौता पत्रमा हस्ताक्षर

कुमारी जब र फाउन्ड परियोजना द लेप्रोसी मिशन नेपाल (TLMN)बीच सम्झौता पत्रमा हस्ताक्षर


  • 4.5K
    Shares

    कुमारी जब र फाउन्ड परियोजना द लेप्रोसी मिशन नेपाल (TLMN)बीच सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यको साथ कुमारी जब र FOUND परियोजना (द लेप्रोसी मिशन नेपाल (TLMN) बीच फाल्गुन १२ २०७८मा सम्झौता पत्रमा सहमति भएको छ ।

    kk.jpg

    अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् । सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक श्री सन्देश भण्डारीज्युले भन्नुभयो, “शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिप्रेक्ष्यमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।”

    k.jpg

    वहाँले थप भन्नुभयो, “नेपालमा रोजगारीको क्षेत्रमा योगदान पुर्याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको छ । यो सहमतिले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरु उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने विश्वास गर्दछौँ ।” यो सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक श्री सन्देश भण्डारीज्यु र फाउन्ड परियोजना (TLMN) का तर्फबाट परियोजना निर्देशक श्री चिरञ्जीवी शर्माले हस्ताक्षर गर्नुभएको थियो।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १५:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij