Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शाओमीको नयाँ आधिकारिक स्टोर ईटहरीमा, स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

शाओमीको नयाँ आधिकारिक स्टोर ईटहरीमा, स्टोर संख्या दोब्बर पार्ने लक्ष्य


  • 6.4K
    Shares

    शाओमीको नयाँ आधिकारिक स्टोर ईटहरीमा, स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

    काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रा.लि. सँग सहकार्य गरेर धरान रोड स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँस्टोर खोलेको हो । आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरि नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

    PIC 2.jpeg

    शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारी ज्युले भन्नुभयो, “यो नयाँ स्टोर खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यो नयाँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँ–नयाँ उत्पादनहरु मन पराउनुहुनेछ ।”

    यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट,उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

    PIC 1.jpeg

    यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधैअन्तरक्रिया गर्न पाउनेछन्। यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १६:४१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij